रहेनन् गदर फेम अभिनेता टोनी मिरचन्दानी
बुधबार, २१ कात्तिक २०८१, १३ : ३३
नयाँ दिल्ली । ‘कोई मिल गया’ र ‘गदर’जस्ता फिल्मबाट दर्शकमाझ चर्चामा आएका बलिउड अभिनेता टोनी मिरचन्दानीको निधन भएको छ ।
केही समयदेखि बिरामी उनको निधन भएको भन्दै भारतीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् । मिरचन्दानीले आफ्नो अविस्मरणीय अभिनयले भारतीय सिनेमामा गहिरो प्रभाव पारेका थिए । उनी सहायक भूमिकामा सधैँ प्रभावशाली देखिन्थे । अभिनेताको निधनले बलिउडमा शोक छाएको छ ।
फिल्मका अलावा टोनी मिरचन्दानीले टिभी शोमा पनि काम गरेका थिए । उनी टिभी जगतमा पनि चर्चित अनुहार थिए । उनले धेरै शोमा पनि काम गरे । पर्दामा जटिल पात्रहरूको भूमिका खेल्न उनी माहिर थिए ।
मिडिया रिपोर्टका अनुसार टोनी मिरचन्दानी लामो समयदेखि बिरामी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण