राजु ‘मास्टर’को ‘सकस’ अब टिभीमै दुई पटक प्रसारण हुने

काठमाडौँ । यतिबेलाको लोकप्रिय टिभी श्रृंखलामा पर्छ ‘सकस’ । हिमालयन टिभीबाट प्रसारण हुँदै आएको श्रृंखलाले युट्युबमा समेत राम्रो भ्युज पाउँदै आएको छ । श्रृंखलाका निर्देशक कलाकार राजु पौडेल ‘मास्टर’ हुन् ।
हिमालयन टिभीमा साताको एक पटक प्रसारण हुँदै आएको श्रृंखला २७ कार्त्तिकदेखि २ पटक प्रसारण हुने भएको छ । निर्देशक पौडेलले श्रृंखलाको लोकप्रियता र दर्शकको मागलाई ध्यानमा राखेर दुई पटक प्रसारण हुन लागेको बताए ।
टिभीबाहेक यो सिरियल पौडेलको युट्युब च्यानल ‘मास्टर टिभी युट्युब च्यानल’मा हेर्न सकिन्छ । राजनीतिको अलवा समसामयिक विषय श्रृंखला मार्फत कमेडी शैलीमा प्रस्तुत हुँदै आएको छ ।
श्रृंखलामा निर्देशक पौडेलसहित तारा केसी, विनोद श्रेष्ठ, श्रीप्रसाद थापा, अन्जु निरौला, मुकेश हमाल, कमला रेग्मी, अमृत श्रेष्ठ, कृष्ण रेग्मी, राजु कार्की, लक्ष्मण चौलागाईंको अभिनय रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग
-
नाफा भन्दा पनि आम मानिसलाई फाइदा पुग्ने गरी अघि बढिरहने आइएमईका संस्थापकहरूको प्रतिबद्धता
-
वर्षासँगै कहाँ–कहाँको सडक अवरुद्ध ?
-
छुटेलगत्तै समातिएका युनुश अन्सारी पुगे अदालत
-
इरानमा इजरायली आक्रमण : जर्मनी र इजिप्टद्वारा युद्ध रोक्न आह्वान
-
प्रतिनिधि सभा बैठकको समय आधा घण्टा पर धकेलियो