बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेल्जियमको एक अपार्टमेन्ट भिषण आगलागी

बुधबार, १७ असार २०८३, २० : ११
बुधबार, १७ असार २०८३

काठमाडौँ ।  बेल्जियमको एन्टवर्प शहरस्थित एक अपार्टमेन्ट भवनमा भीषण आगलागी भएको छ । 

एन्टवर्प प्रहरीले बुधबार दिएको जानकारीअनुसार लिङ्करोभर क्षेत्रमा रहेको १० तले अपार्टमेन्ट भवनको आठौँ तल्लाबाट आगलागी सुरु भएको थियो। उक्त भवनमा दुई सयभन्दा बढी मानिस बस्दै आएका थिए।

प्रहरीका अनुसार आगलागीपछि भवन खाली गर्ने काम भइरहेको छ। आगोबाट निस्किएको बाक्लो धुवाँका कारण आसपासका बासिन्दालाई झ्याल तथा ढोका बन्द राख्न र आवश्यक परेमा भेन्टिलेसन प्रणाली बन्द गर्न आग्रह गरिएको छ।

आगलागीको तीव्रता र फैलावटका कारण अग्निनियन्त्रकलाई नियन्त्रणमा लिन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। विशेष ड्रोन टोलीसहित अग्निनियन्त्रक र प्रहरीका विभिन्न टोली घटनास्थलमा परिचालन गरिएको छ।

आगलागीको कारण  भएको क्षतिको यकिन विवरण भने तत्काल सार्वजनिक गरिएको छैन।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप