बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

वीर अस्पतालका तत्कालीन लेखा अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर

बुधबार, १७ असार २०८३, १९ : ५८
बुधबार, १७ असार २०८३

सारांश

  • विशेष अदालतले वीर अस्पतालका तत्कालीन लेखा अधिकृत ढुण्डीराज दाहाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
  • दाहालले नियम बमोजिम भुक्तानी दिनुपर्ने रकम दिन गैरकानुनी रूपमा ९३ हजार ८५० घुस लिएको अभियोगमा दोषी ठहर भएका हुन्।
  • घुस लेनदेनमा संलग्न राजेश श्रेष्ठ, प्रल्हाद गौतम र विप्लव पोखरेललाई पनि अदालतले दोषी ठहर गर्दै जनही १ महिना कैद र २३,४६२।५० जरिवानाको फैसला सुनाएको छ।

काठमाडौँ। विशेष अदालतले वीर अस्पतालका तत्कालीन लेखा अधिकृतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार वीर अस्पतालका तत्कालीन लेखा अधिकृत ढुण्डीराज दाहालसँगै घुस दिएको अभियोग लागेकाहरूलाई पनि दोषी ठहर गर्दै सजाय हुने फैसला सुनाएको छ।

नियम बमोजिम भुक्तानी दिनुपर्ने रकम समयमा दिन गैरकानुनी रूपमा ९३ हजार ८५० घुस लिएको अभियोगमा दोषी ठहर भएका हुन्। घुस दिएको स्वीकार गर्दै अख्तियारमा बयान दिएकाहरूले विशेष अदालतमा बयान फेरेपछि राजेश श्रेष्ठ, प्रल्हाद गौतम र विप्लव पोखरेलाई प्रतिवादी बनाएर अख्तियारले पूरक आरोपपत्र पेस गरेको थियो। उनीहरूलाई पनि अदालतले दोषी ठहर गरेको छ।

“प्रतिवादी ढुण्डीराज दाहालले आफूले प्रदान गरेको सेवाबापत प्रतिवादी राजेश श्रेष्ठ, प्रल्हाद गौतम र विप्लव पोखरेलबाट रु ९३,८५०।– रिसवत लिएको र राजेश श्रेष्ठ समेतका उल्लिखित प्रतिवादीहरूले उक्त रिसवत दिएको तथ्य पुष्टि हुन आएको देखिँदा निज प्रतिवादीहरू ढुण्डीराज दाहाल, राजेश श्रेष्ठ, प्रल्हाद गौतम र विप्लव पोखरेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ ९१० बमोजिमको कसुर गरेको ठहर्छ,” विशेष अदालतको फैसलाको संक्षिप्त पाठमा भनिएको छ, “तसर्थ, निज प्रतिवादीहरूलाई उक्त बिगोलाई दामासाहीले हिसाब गर्दा हुन आउने जनही बिगो रु २३,४६२।५० बिगो कायम भई सोही ऐनको दफा ३ (१) (क) बमोजिम उक्त बिगोको आधारमा जनही १(एक) महिना कैद र रु २३,४६२।५० जरिवाना हुने ठहर्छ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप