हकप्रद सेयर जारी गर्दै एनएलजी इन्स्योरेन्स
बिहीबार, २२ कात्तिक २०८१, १४ : ०७
काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । मंसिर ११ गतेदेखि एनएलजीले १० बराबर ६.२५६ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । यसको अर्थ कम्पनीको १०० कित्ता हुनेले ६२.५६ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद सेयरका लागि पुस १ गतेसम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ । जसको मूल्य प्रतिकित्ता १०० तोकिएको छ । हाल कम्पनीको सेयर १ हजार ३३० रूपैयाँमा कारोबार भइरहेको छ ।
बीमा प्राधिकरणको मापदण्डअनुसार चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन कम्पनीले हकप्रद जारी गर्न लागेको हो । यसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख पुग्नेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण