रुसी राष्ट्रपतिले ट्रम्पलाई दिए मौखिक बधाई
मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मौखिक बधाई दिएका छन् ।
रुसमै आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुटिनले ट्रम्पलाई विजयी भएकोमा बधाई दिएका हुन् ।
रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेसकोभका अनुसार पुटिनले बिहीबार एक कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पलाई बधाई दिएका हुन् । आफू अमेरिकी जनताको विश्वासप्राप्त राष्ट्राध्यक्षसँग सहकार्य गर्न तयार रहेको पनि पुटिनले आफ्नो भाषणमा बताएको पेसकोभको भनाइ छ ।
पुटिनले ट्रम्पलाई ‘साहसी व्यक्ति’ भनेका छन् । पहिलो कार्यकालमा ट्रम्पलाई चारैतिरबाट ट्रम्पलाई सताउने काम भएको पनि पुटिनले बताएका छन् ।
रुसी राष्ट्रपति पुटिनले अहिलेसम्म ट्रम्पलाई औपचारिक रूपमा भने बधाई सन्देश पठाएका छैनन् ।
ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग आफ्नो वार्ता हुने सम्भावना औंल्याएकै समयमा पुटिनको तर्फबाट यस्तो प्रतिक्रिया आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण