जुनियर टेनिस शनिबारदेखि
शुक्रबार, २३ कात्तिक २०८१, १५ : १६
काठमाडौँ । बागमती प्रदेश टेनिस संघको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा १४ वटा स्पर्धा समावेश गरिएको छ । प्रतियोगितामा एक सय २७ जना खेलाडीको सहभागिता रहने जानकारी टेनिसकी मुख्य प्रशिक्षक रेणुदेवी कोन्डाले दिइन् ।
प्रतियोगिताको कुल पुरस्कार राशी एक लाख ११ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता नेपाल टेनिस संघको प्राविधिक सहयोग र होटल मिस्टिक माउन्टेनको मुख्य प्रायोजनमा हुन लागेको हो ।
प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा खेलाइने छ । प्रतियोगिता मंसिर १ गतेसम्म चल्ने जानकारी मुख्य प्रशिक्षक कोन्डाले दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण