सेफ्स एसोसिएसनद्वारा पैँचो पसल सम्मानित
काठमाडौँ । पहाडी ग्रामीण क्षेत्रमा उत्पादन हुने कृषि उपजलाई सहरसम्म पुर्याइरहेको कम्पनी पैँचो पसललाई सेफ्स एसोसिएसन अफ नेपालले सम्मान गरेको छ ।
सेफ्स एसोसिएसन अफ नेपालको २९औँ वार्षिक साधारण सभाको अवसरमा आयोजित ‘नेपाली मौलिक खानाको प्रदर्शन’ कार्यक्रममा पैँचो पसल सम्मानित भएको हो ।
‘बसे पनि सहर गाउँकै खाने रहर’ भन्ने अभियानका साथ गुल्मीको रुरुको बलेटक्सारमा पैँचोको प्रशोधन केन्द्र रहेको छ । पैँचो पसलले नेपाली तारे होटलदेखि रेस्टुरेन्टको लागि आवश्यक कृषि उपजबाट बन्ने केचप, जामदेखि अचार, गुन्द्रक, कोदोको पिठो लगायत सामग्री प्रशोधन गरेर आपूर्ति गर्दै आएको छ ।
१० वर्षदेखि गुल्मी आसपासका किसानसँग सहकार्य गरेर अगाडि बढेको र रैथाने उत्पादनलाई प्राथमिकता दिएकाले सम्मान गरेको सेफ्सले जनाएको छ । सेफ्स एसोसियसन अफ नेपालका अध्यक्ष रेशमबहादुर लामाले नेपाली स्वादका लागि पैँचोको अग्रणी भूमिका रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण