सुरक्षाकर्मीलाई पैसा दिनुपर्छ भनी बढी भाडा लिने दुई जना अटो चालक पक्राउ
शुक्रबार, २३ कात्तिक २०८१, १६ : ३०
काठमाडौँ । नेपालका सुरक्षाकर्मीलाई पैसा दिनुपर्छ भनी बढी भाडा लिने दुई जना अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको गौरीफन्टा नाकाबाट नेपाल आउँदै गरेका यात्रुबाट नेपालका सुरक्षाकर्मीलाई पैसा दिनुपर्छ भनी बढी भाडा लिने कैलाली प्रहरीले दुई जना अटो चालकलाई पक्राउ गरेको हो ।
कैलाली गोदावरी नगरपालिका–२ अत्तरियाका २७ वर्षीय लोकेन्द्र ओझाबाट भारतीय दुई हजार रुपैयाँ लिने अटो चालक धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने २८ वर्षीय मान बहादुर बयाडी र वडा २ चौराह बस्ने ३१ वर्षीय करन बोहरालाई पक्राउ शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि कारबाही अगाडि बढाइएको र पीडितको रकम समेत फिर्ता गराइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण