उदयपुरमा माओवादीले उम्मेदवारको नाम टुङ्गो लगायो
उदयपुर । आगामी मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनका लागि माओवादी केन्द्र उदयपुरले पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लगाएको छ ।
जिल्लाको त्रियुगा नगरपालिकाको वडा नम्बर १२ र बेलका नगरपालिका–९ को रिक्त रहेको वडाध्यक्षको लागि पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लगाएको माओवादी केन्द्रका नगर समितिले जनाएको छ ।
माओवादी केन्द्र त्रियुगा नगर समितिको बैठकले नगरको वडा नम्बर १२ को वडाध्यक्षको उम्मेदवारको लागि नवीनकुमार राईलाई उठाउने निर्णय भएको माओवादी केन्द्र त्रियुगा नगरपार्टीका प्रवक्ता गजेन्द्र राईले बताए । ।
यसअघि पनि वडाध्यक्षमा झिनो मतले पराजय भएका राईलाई यस पटकको उपनिर्वाचनमा पनि वडाध्यक्षको लागि उम्मेदवार उठाउने पार्टी नगर समितिले निर्णय गरेको त्रियुगा नगर माओवादी केन्द्रका पार्टी अध्यक्ष मानवबहादुर राईले जानकारी दिए ।
यस्तै बेलका नगरपालिका–९ को रिक्त वडाध्यक्षको पदको लागि माओवादी केन्द्र बेलकाले युवा नेता भरत घिमिरेलाई उम्मेदवार उठाउने निर्णय गरेको माओवादी केन्द्र बेलका नगरसमितिका अध्यक्ष मनोज तामाङले जानकारी दिए ।
यी दुवै वडाको लागि मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनको लागि पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लगाएर स्वीकृतिको लागि माथिल्लो समितिका पठाउन लागिएको पनि सम्बन्धित नगर समिति माओवादी केन्द्रका पार्टी अध्यक्षहरूले बताएका छन्।
यता नेपाली कांग्रेसले त्रियुगा नगरपालिकाको वडा नम्बर १२ को वडाध्यक्ष पदको लागि हालको कार्यवाहक अध्यक्ष अनिता थापा वा युवा नेता सञ्जीव काफ्लेमध्ये एकलाई उम्मेदवार घोषण गर्ने तयारी भइरहेको कांग्रेसका एक नेताले बताए ।
बेलका नगरपालिकाको लागि पनि उम्मेदवार छनोट गर्ने तयारी गरिएको कांग्रेस उदयपुरले जनाएको छ । यता नेकपा (एमाले)ले पनि चाँडै उम्मेदवारको नाम टुङ्गो लगाउने तयारी गरिएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण