कमल थापाको कविता सङ्ग्रह ‘बहिनीलाई चिठी’ सार्वजनिक
शनिबार, २४ कात्तिक २०८१, १६ : ५२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाको कविता सङ्ग्रह बहिनीलाई चिठी सार्वजनिक भएको छ । शनिबार काठमाडौँमा एक कार्यक्रमबिच बहिनी मिन्टुको ४५ दिनको पुण्य तिथिका अवसरमा कविता सङ्ग्रह विमोचन गरिएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष थापाले बहिनी बितेको ४५ दिनमा बहिनीसँग बिताएका समयहरूको बारेमा भावना कविता सङ्ग्रहमार्फत अभिव्यक्त गरेको बताए। उनले साहित्य र रचनातर्फ पहिल्यैदेखि अभिरुचि रहेको जिकिर गरे ।
अध्यक्ष थापाले आफूले बहिनी मिन्टुको प्रेरणाले कविता सङ्ग्रह तयार पारेको जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण