८४ औँ गोपाष्टमी महोत्सवमा ७जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण
काठमाडौँ । मारवाडी सेवा समिति अन्तर्गतको पशुपति गौशाला धर्मशालाले ८४ औँ गोपाष्टमी महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सात जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरेको छ । धर्मशालाले आवश्यक पर्ने व्यक्तिलाई जुनसुकै बेला निःशुल्क कृत्रिम खुट्टा वितरण गर्ने गरे पनि चाडपर्वको बिदाका कारण रोकिएको कृत्रिम खुट्टा वितरण गोपाष्टमीको अवसरमा आयोजित कार्यक्रममा सम्पन्न गरिएको हो ।
मारवाडी सेवा समितिका अध्यक्ष प्रमोदकुमार अग्रवालले समिति लगायत समिति अन्तर्गतका पशुपति गौशाला धर्मशालाबाट प्रदान भइरहेका सेवा कार्यको जानकारी दिने क्रममा धर्मशालाले २०५४÷५५ सालबाट निःशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम सुरु गरेको जानकारी दिए ।
उनका अनुसार यसबाट हालसम्म विभिन्न कारणले खुट्टा गुमाएका ६ हजार ७०० जना लाभान्वित भएका छन् । आगामी दिनमा पनि निःशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम निरन्तर रहने उनले बताए ।
धर्मशालाले कृत्रिम खुट्टा वितरणका अतिरिक्त मिर्गौलाका बिरामीलाई हेमोलाइलाइसिस सेवा पनि निःशुल्क उपलब्ध गराइरहेको छ । धर्मशालाका अध्यक्ष रमेश तापडियाका अनुसार २०७८ चैत २१ बाट सुरु गरिएको निःशुल्क हेमोडाइलाइसिस सेवाबाट हालसम्म ३२४ बिरामीलाई २७ हजार ९७५ पटक डाइलाइसिस गरिसकिएको छ । हाल १९५ बिरामीले निःशुल्क लाइलाइसिस गराइरहेको पनि उनले जानकारी दिए ।
‘दैनिक ८० देखि ९० जनाको डाइलाइसिस हुने गरेको छ,’ धर्मशालाका अध्यक्ष तापडियाले भने । यसका अलावा धर्मशालाले हरेक शनिवार निःशुल्क भोजन, निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण, शव वाहनको निःशुल्क सेवा, मेला र पर्वमा तिर्थालुलाई निःशुल्क भोजन र आवास लगायत सेवा पनि प्रदान गर्दै आएको अध्यक्ष तापडियाले जानकारी दिए ।
मारवाडी सेवा समितिका अध्यक्ष अग्रवालका अनुसार मारवाडी समुदायले देशका विभिन्न सहरमा १५ वटा गौशाला स्थापना गरी गोवंशको संरक्षण गर्दै आएको छ ।
काठमाडौँको मारवाडी समुदायले ८४ वर्षअघि नै गौशाला स्थापना गरी गोवंशको संरक्षण गर्दै आएको उनले बताए । काठमाडौँको गौशालामा २५० र समिति अन्तर्गत धादिङको धार्केस्थित मारवाडी सेवाग्राम गौधाममा २५० गाईको संरक्षण भइरहेको छ । धादिङमा वृद्ध अवस्थाका गाईहरू संरक्षित छन् ।
उनका अनुसार मोरङको मारवाडी समुदायले श्री रंगेलीगौचर गौशाला र श्रीकृष्ण गो सेवा सदनमार्फत गौ संरक्षणको काम गरिरहेको छ । रंगेली गौचर गौशाला २०३७ सालदेखि सञ्चालनमा छ । जनकपुरमा २०१० सालदेखि सीताराम गौशाला सञ्चालनमा छ ।
अन्य गौशालाहरूले पनि गोपाष्टमीमा विशेष अनुष्ठान सम्पन्न गरेका छन् । यी गौशालाहरूले मारवाडी समुदायमा सीमित गोपाष्टमी पर्व मनाउने चलनलाई सबै हिन्दु समुदायमा विस्तार गर्ने गरी काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण