१ सय केजी गाँजासहित युवक पक्राउ
आइतबार, २५ कात्तिक २०८१, १३ : २७
काठमाडौँ । हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित सडकबाट १ सय केजी गाँजासहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थित शंखु घर भएका २९ वर्षीय किरण वाग्ले छन् ।
मनहरिबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ६३६१ नम्बरको पिक अप भ्यान चेकजाँच जाँच गर्ने क्रममा गाँजा भेटिएको मकवानपुरका एसपी विश्वराज खड्काले रातोपाटीलाई बताए ।
खाली क्रेटहरूको बिचमा लुकाइएर ११ वटा प्याकेटमा गाँजा बोकेर उनी हेटौँडातर्फ जाँदै थिए । वाग्ले सो भ्यानका चालक हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३६ दिनको आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा
-
बिना निर्णय टुङ्गियो एमाले कर्णाली दलको बैठक, अन्तिमसम्म ‘ओलीकाे फोन’ कुर्ने रणनीति
-
ग्रेटवाल : ढुङ्गामा कुँदिएको इतिहास
-
मुगुमा पहिरो : गगन थापाले गराए सम्बन्धित निकायकाे ध्यानाकर्षण
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण