१ सय केजी गाँजासहित युवक पक्राउ
आइतबार, २५ कात्तिक २०८१, १३ : २७

काठमाडौँ । हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित सडकबाट १ सय केजी गाँजासहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थित शंखु घर भएका २९ वर्षीय किरण वाग्ले छन् ।
मनहरिबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ६३६१ नम्बरको पिक अप भ्यान चेकजाँच जाँच गर्ने क्रममा गाँजा भेटिएको मकवानपुरका एसपी विश्वराज खड्काले रातोपाटीलाई बताए ।
खाली क्रेटहरूको बिचमा लुकाइएर ११ वटा प्याकेटमा गाँजा बोकेर उनी हेटौँडातर्फ जाँदै थिए । वाग्ले सो भ्यानका चालक हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परिवारै मिलेर सहकारीको २ करोड ठगी, तत्कालीन अध्यक्ष पक्राउ
-
एमालेसँगको सत्ता संयन्त्र तोड्नुपर्छ : शेखर कोइराला
-
एनआरएनएको एकता महाधिवेशन : नेतृत्व चयन सहमति कि चुनावबाट ?
-
किशोर–किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’
-
डा. निर्मला पोखरेललाई प्रश्न : संस्कारहरू किन महँगा भए ?
-
स्वास्थ्य बिमा बोर्डको भुक्तानी क्षमता बढाउन अस्थायी जनशक्ति थपिने