शीतलनिवासको निर्णय
प्रधानमन्त्रीको चीन भ्रमणअघि राजदूत नियुक्त
आइतबार, २५ कात्तिक २०८१, १४ : २२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि सरकारले नेपाली राजदूत नियुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्राडा कृष्ण प्रसाद ओलीलाई राजदूत पदमा नियुक्त गरेका हुन् ।
सरकारले यसअघिका राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएपछि चीनमा नेपाली राजदूत पद रिक्त रहँदै आएको थियो । अहिले संसदीय सुनुवाइ प्रक्रिया पूरा भइसकेका ओलीलाई राष्ट्रपतिले नियुक्त गरेसँगै अब चीन गएर उनले प्रधानमन्त्रीको भ्रमणको आवश्यक तयारीलाई तीव्रता दिने बताइएको छ ।
प्रधानमन्त्री ओली यही डिसेम्बर महिनामा चीन भ्रमण जाने तयारीमा छन् । भ्रमणको निम्ता आइसकेपनि सरकारी निकायले यकिन मिति भने सार्वजनिक गरेको छैन । भारतबाट चासो नदिएपछि प्रधानमन्त्रीले चीनको भ्रमण गर्न लागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण