दलित संघ केन्द्रिय तदर्थ समिति अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण
आइतबार, २५ कात्तिक २०८१, १७ : ४३
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसले एक कार्यक्रमको आयोजना गरी दलित संघ केन्द्रिय अध्यक्ष तथा सदस्यहरूलाई प्रमाण पत्र वितरण गरेको छ । आइतबार पार्टी मुख्य कार्यालय सानेपामा कार्यक्रमको आयोजना गरि संघको केन्द्रिय समिति अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको हो ।
उनीहरूलाई पार्टी उपसभामुख पूर्णबहादुर खड्का‚ महामन्त्री गगनकुमार थापा‚ सहमहामन्त्री जीवन परियार लगायतले प्रमाणपत्र वितरण गरेका हुन् । सभापति शेरबहादुर देउवाले असोज १३ गते नेपाल दलित संघको तदर्थ समिति अध्यक्षमा लोकबहादुर विश्वकर्मालाई चयन गरेका थिए ।
असोज १६ गते देउवाले विश्वकर्माको अध्यक्षतामा २४० सदस्य थप्दै समिति विस्तार गरेका थिए । उनीहरूलाई आज प्रमाणपत्र वितरण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण