यो व्यवस्था रहुन्जेल जनता कङ्गाल हुन्छन् : दुर्गा प्रसाईं
रौतहट । राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले यो व्यवस्था रहेसम्म नेताहरू धनी र देश तथा जनता कङ्गाल हुँदै जाने बताएका छन् । उनले यो व्यवस्थाको विकल्प खोज्नुपर्ने समेत बताए ।
लोकतन्त्रको नाममा भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएर नेताहरू धनी भएको र देश तथा जनता गरिब हुँदै गएकोले यो व्यवस्था फालेर आमजनता मालिक हुने व्यवस्था ल्याउनुपर्ने प्रसाईंको भनाई छ ।
नागरिक बचाउ महाअभियान जिल्ला कमिटी रौतहटले आइतबार गरुडामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रसाईंले नेताहरू आफ्नो स्वार्थ पूर्तिमा लागेको बताए ।
विगतमा अन्य देशलाई सहयोग गर्ने नेपाललाई नेताहरूले भिख माग्ने देश बनाएको आरोप समेत उनले लगाए ।
देशका अधिकांश नागरिक अहिले बैङ्क, सहकारी, लघुवित्त संस्था र मिटर व्याजबाट पीडित भएको अवस्थामा राज्यले यी समस्या समाधान गर्नेतर्फ ध्यान नदिएको उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण