उदयपुरमा कांग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारको टुङ्गो
उदयपुर । आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि जिल्लाका स्थानीय तहमा रिक्त पदका लागि नेपाली कांग्रेस र माओवोदी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएका छन् ।
त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ को रिक्त वडाअध्यक्ष पदका लागि कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएको हो । कांग्रेसले त्रियुगा–१२ को वडाध्यक्षमा सञ्जीव काफ्लेको नाम सिफारिस गरेको कांग्रेस त्रियुगा नगरपालिकाका सभापति प्रकाश खड्काले जानकारी दिए ।
यस्तै, बेलका–९ को वडाध्यक्षमा कांग्रेसले नवराज बस्नेतलाई उम्मेदवार उठाउने निर्णय गरेको निर्वाचन क्षेत्र नं १ का पार्टी सभापति खगेन्द्र राईले बताए ।
यसैगरी माओवादी केन्द्रले त्रियुगा–१२ को वडाध्यक्षमा नवीन वान्तावा राईलाई तथा बेलका–९ को वडाध्यक्षमा भरत घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्र उदयपुरले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भने उम्मेदवार तय केही दिनभित्र गर्ने एमाले उदयपुरका सचिव टेकबहादुर राउतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन : पर्यटनमन्त्री
-
ब्राजिलविरुद्ध जापान : गुरुविरुद्ध चेलाको भिडन्त
-
वित्तीय अनुशासन बलियो बनाउन सबै पक्ष गम्भीर बन्नुपर्छ : सभापति खड्का
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासी पक्राउ
-
मन्दिर निर्माणमा भ्रष्टाचार : ९ जनाविरूद्ध मुद्दा दायर
-
एक्लो व्यक्तिले साइबर ब्युरो अगाडि किन गरे प्रदर्शन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण