ग्वार्को फ्लाई ओभर निरीक्षण गर्दै मन्त्री दाहालले भने– निर्माणको कामलाई गति दिनुहोस्

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयका उच्च अधिकारीहरूसहित मन्त्री दाहाल सोमबार बिहानै निर्माण स्थलमा पुगेका हुन्।
निरीक्षण पश्चात् मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिए । त्यस क्रममा उनले पूर्वाधार तथा विकास आयोजनाहरू निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताए । काठमाडौँको सहरी तथा यातायात व्यवस्थापनमा महत्त्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमा नै सक्न उनको निर्देशन थियो ।
निरीक्षण टोलीमा मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल लगायतका अधिकारीहरू सहभागी रहेका थिए।
२०७८ सालको फागुन १२ गते देखि ठेक्का लागि निर्माण सुरु भएको उक्त फ्लाई ओभर थप भएको म्याद थप पछि २०८१ को पुस ८ गते सम्पन्न गर्नुपर्ने छ । ३० मिटर स्पानको ४ लेनको पुल सहितको फ्लाई ओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौँले गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा प्राधिकरणको वार्षिकोत्सवमा आयोजित फुटसल प्रतियोगितामा सानिमा जीआइसी विजेता
-
लेबर पार्टीले जित्यो अस्ट्रेलियाको चुनाव
-
संस्कारमा खर्च बढे, कानुन छ तर कार्यान्वयन छैन
-
परिवारै मिलेर सहकारीको २ करोड ठगी, तत्कालीन अध्यक्ष पक्राउ
-
एमालेसँगको सत्ता संयन्त्र तोड्नुपर्छ : शेखर कोइराला
-
एनआरएनएको एकता महाधिवेशन : नेतृत्व चयन सहमति कि चुनावबाट ?