सिनेटको अनुमति बिनै आफ्ना मान्छेलाई महत्त्वपूर्ण पदमा राख्न चाहन्छन् ट्रम्प
वासिङटन डीसी । अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीको बहुमत छ । यस्तो अवस्थामा सिनेटमा छिट्टै पार्टीको नेता चयन हुने भए पनि डोनाल्ड ट्रम्पले सिनेटको भोट नलिइकनै केही महत्त्वपूर्ण पदमा नियुक्तिको अधिकार दिन सम्भावित उम्मेदवारलाई दबाब दिन थालेका छन् ।
सिनेटमा रिपब्लिकन पार्टीका नेता निर्वाचित हुने दौडमा साउथ डकोटाका सांसद जोन थुन, टेक्सासका सांसद जोन कोर्निन र फ्लोरिडाका रिक स्कट रहेको अफवाह चलेको छ । अहिले सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याकोनेल छन् । जसले लगभग दुई दशकदेखि सिनेटमा पार्टीको नेतृत्व गर्दै आएका छन् ।
के छ कानुन ?
यसो गरेर डोनाल्ड ट्रम्पले आफ्नो शपथ ग्रहणअघि नै डेमोक्रेटिक पार्टीसँग बचेखुचेको अलिकति शक्तिलाई पनि अवरुद्ध गर्न चाहन्छन् । अमेरिकी संविधानअन्तर्गत मन्त्रिपरिषद् र न्यायिक पदजस्ता महत्त्वपूर्ण पदहरूमा राष्ट्रपतिबाट नियुक्तिको लागि सिनेटको स्वीकृति आवश्यक छ ।
तर संविधानमा यो पनि प्रावधान छ कि सिनेट लामो समयसम्म अवकाशमा रहेमा सिनेटको स्वीकृतिबिनै राष्ट्रपतिले महत्त्वपूर्ण पदमा नियुक्ति गर्न सक्छन् । २०१४ मा सर्वोच्च अदालतले एउटा निर्णयमा राष्ट्रपतिको अधिकारलाई सीमित गरेको थियो ।
ट्रम्प क्याबिनेटमा सुजी वाइल्स
ट्रम्पले सामाजिक सञ्जालमा सेयर गरेको नयाँ पोस्टमा आफू सिनेटको अनुमोदन बिना नै व्यक्ति नियुक्त गर्ने सुविधा मिलोस् भन्ने चाहेको लेखेका छन् । हालसम्म डोनाल्ड ट्रम्पको नयाँ सरकारमा एउटा मात्र नाम पुष्टि भएको छ र त्यो सुजी वाइल्सको हो ।
विल्सलाई चीफ अफ स्टाफको पदमा नियुक्त गरिने ट्रम्पले भनिसकेका छन् । निक्की हेली र पूर्व विदेशमन्त्री माइक पोम्पेओलाई आफ्नो मन्त्रीमण्डलमा राख्नबाट बहिष्कार गरेको पनि उनले पुष्टि गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण