इन्डोनेसियाका राष्ट्रपतिलाई ट्रम्पले भने– तपाईंको अङ्ग्रेजी राम्रो रहेछ (भिडियोसहित)
जकार्ता । इन्डोनेसियाका राष्ट्रपति प्राबोभो सुबिअन्तोले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयी भएकोमा बधाई दिँदै फोनमा गरेको कुराकानीलाई इन्डोनेसियाका राष्ट्रपति प्राबोभो सुबिअन्तोले आफ्नो ‘एक्स’ (यसअघि ट्वीटर भन्ने गरिएको) मा शेयर गरेका छन् ।
इन्डोनेसियाका राष्ट्रपति प्राबोभो सुबिअन्तोले ट्रम्पसँगको मोबाइल वार्ता ‘ह्यान्ड्स फ्री’ गर्दै भिडियोमा सुनाएका छन् । उनी आफ्नो कार्यकक्षमा यताउता डुल्दै ट्रम्पसँग कुरा गरिरहेको देखिन्छन् ।
ट्रम्पलाई इन्डोनेसियाली राष्ट्रपतिले सम्भव भएसम्म भेटेरै बधाई दिन चाहेको बताएका छन् । जवाफमा ट्रम्पले ‘धेरै धन्यवाद’ भनेका छन् । उनले इन्डोनेसियाली राष्ट्रपतिको प्रशंसा गर्दै ‘तपाईंले धेरै राम्रो काम गरिरहनुभएको छ’ भनेका छन् ।
साथै ट्रम्पले उनलाई ‘तपाईंको अङ्ग्रेजी धेरै राम्रो छ’ पनि भनेका छन् ।
जवाफमा इन्डोनेसियाली राष्ट्रपतिले ट्रम्पलाई भनेका छन्, ‘सर, मेरो पूरै ट्रेनिङ अमेरिकामा भएको हो ।’
त्यसपछि ट्रम्पले ‘ग्रेट’ भन्दै उनलाई ढाडस दिन्छन् ।
इन्डोनेसियाली राष्ट्रपतिले फोन वार्तामा ट्रम्पमाथि केही अघि भएको हत्या प्रयासको चर्चासमेत गरेका छन् । उनले भनेका छन्, ‘चुनावका क्रममा तपाईंको हत्याको प्रयास भयो । त्यो देखेर हामी दुःखी भयौँ तर तपाईं सुरक्षित रहेको थाहा पाउँदा हामी धेरै खुसी भयौँ ।’
जवाफमा ट्रम्पले आफू सौभाग्यशाली रहेको बताएका छन् ।
Glad to be connected directly with President Elect @realDonaldTrump to extend my heartfelt congratulations on his election as the 47th President of the United States.
— Prabowo Subianto (@prabowo) November 11, 2024
I am looking forward to enhance the collaboration between our two great nations and to more productive… pic.twitter.com/KfSVUsZSGc
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण