लाल आयोग प्रतिवेदन : लोडसेडिङ हटेपछि प्रिमियम शुल्क लिनु उचित छैन
काठमाडौँ । आमजनताले लोडसेडिङ भोगेका बेला नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत दैनिक २० घण्टाभन्दा बढी बिजुली दिएको थियो । त्यसरी उपभोग भएको विद्युत्को शुल्क निर्धारणका बेला भने प्राधिकरण र उद्योगीबिच विवाद भयो । त्यही विवाद समाधानका लागि सरकारले लाल आयोग गठन गरेको थियो ।
२०८० माघमा सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा डेडिकेटेड तथा ट्रंक लाइन सम्बन्धी विवाद समाधानका लागि जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले बुझाएको प्रतिवेदन करिब ९ महिनापछि सरकारले सोमबार सार्वजनिक गर्यो ।
आयोगले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल निर्धारणका लागि २०७२ साउनदेखि पुससम्मलाई पहिलो अवधि भनेको छ । २०७२ माघदेखि २०७५ वैशाखसम्म दोस्रो र २०७५ जेठदेखि २०७७ सालसम्म तेस्रो अवधि मानेर अध्ययन प्रतिवेदन बुझाएको छ ।
पहिलो अवधिको विवाद डेडिकेटेड र ट्रंकलाइनको शुल्क नतोक्दै सुरु भएको र यसको समाधानका लागि शुल्क तोकेर दस्तुर लिनु उपयुक्त हुने लाल आयोगले जनाएको छ ।
दोस्रो अवधिमा लोडसेडिङको बेला उद्योगमा निरन्तर बिजुली आपूर्ति भएको समय यकिन गरी पुनः हिसाब गर्नुपर्ने र महसुल निर्धारण गर्न ठिक हुने आयोगले भनेको छ ।
तेस्रो अवधि लोडसेडिङ अन्त्य भए पछिको भएकाले डेडिकेटेड फिडर र ट्रंक लाइनको औचित्य सकिएको आयोगको भनाइ छ । यस कारण तेस्रो अवधिको प्रिमियम शुल्क लिनु उचित नहुने लाल आयोगको प्रतिवेदनमा उल्लेख छ ।
उद्योगीले विशेष खालको सेवा प्रयोग गरेबापत महसुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो पटक कार्त्तिक ८ गते बिजुलीको लाइन काटिदिएको थियो ।
आइतबार मन्त्रिपरिषद्ले लाल आयोगका अनुसार टीओडी मिटरका आधारमा महसुल उठाउनुपर्ने र लाइन जोडेर उद्योगीलाई १५ दिनको समय दिनुपर्ने निर्णय गरेको छ । सोही निर्णयलाई मुख्य एजेण्डामा राखेर यतिबेला प्राधिकरण सञ्चालक समितिको बैठक बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण