माध्यमिक तहको शिक्षक लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ३४ प्रतिशत मात्रै पास
काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशन गरेको छ । २०८१ कात्तिक १० गते सञ्चालन गरिएको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
प्रकाशित नतिजा अनुसार ३३.६७ अर्थात ३७ प्रतिशत परीक्षार्थी पास भएका छन् । सातै प्रदेशबाट ३७ हजार ८०४ जनाले परीक्षा दिएका थिए । ती मध्ये १२ हजार ७२९ परीक्षार्थी पास भएका हुन् ।
प्रकाशन गरिएको नतिजा अनुसार कोशी प्रदेशमा ६ हजार ९८ जनाले परीक्षा दिँदा दुई हजार १४ जना पास भएका छन् । त्यस्तै मधेस प्रदेशमा ६ हजार ५०० परीक्षार्थीले परीक्षा दिएका थिए । जसमा एक हजार ५३५ पास भएका छन् ।
त्यस्तै बागमती प्रदेशमा सात हजार ५९४ जनाले परीक्षा दिएकोमा दुई हजार ८९६ जना उत्तीर्ण भएका छन् ।
गण्डकीमा दुई हजार ६७२ जनाले परीक्षा दिँदा एक हजार १८१ जना, लुम्बिनीमा पाँच हजार ८०० ले परीक्षा दिँदा दुई हजार २०३ जना र सुदूरपश्चिम प्रदेशबाट पाँच हजार ३३१ जनाले परीक्षा दिँदा एक हजार ६४२ जना पास भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
-
आज अन्तर्राष्ट्रिय योग दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण