दैलेखको महाबुमा रास्वपाबाट प्रकाश कुमार बुढा उम्मेदवार
सुर्खेत । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षका लागि हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार टुंगो लगाएको छ । पार्टीले प्रकाश कुमार बुढालाई उम्मेदवार बनाउने भएको हो ।
उनी जेसिस दैलेखका अध्यक्ष हुन् । उनी यसअघि नेकपा एमाले हुँदै नेकपा एकीकृत समाजवादीमा आबद्ध थिए । उनकी आमा ०७४ स्थानीय तहको निर्वाचनका बेला एमालेबाट महाबु गाउँपालिकाको उपाध्यक्ष बनेकी थिइन् । पछि एमाले विभाजनपछि उनी समाजवादीमा लागेकी थिइन् ।
साथै उनी ठेक्कापट्टाको काममा पनि सक्रिय युवा हुन् भने दैलेख सदरमुकाममा कपडा पसल समेत सञ्चालन गर्दछन् । रास्वपाको जिल्ला कमिटीले उनलाई उम्मेदवार बनाएको हो ।
यहाँ नेपाली कांग्रेसबाट झलकबहादुर भण्डारी र नेकपा (माओवादी केन्द्र) बाट जंगबहादुर बराल उम्मेदवार छन् । नेकपा एमालेले भने अहिलेसम्म उम्मेदवारको टुङ्गो लगाएको छैन ।
यस्तै रास्वपाले दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि रामबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठमा कोशीको बजेट खर्च १ अर्ब ५४ करोड, आम्दानी ४ लाख !
-
शिक्षा तथा खेलकुदमन्त्री पोखरेल सुर्खेतमा : रङ्गशालादेखि विश्वविद्यालयको अनुगमन
-
थुनुवा मृत्यु प्रकरण : डीएसपी लक्ष्मी खनालसहित ४ जनामाथि कारबाही प्रक्रिया सुरु
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
-
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण