कांग्रेस–एमालेले भनेको नमान्दा गलत तरिकाले मलाई सत्ताबाट हटाइयो : प्रचण्ड
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेले भने अनुसार नमान्दा आफूलाई सत्ताबाट हटाइएको दाबी गरेका छन् ।
बुधबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४ को ‘प्रचण्डपथ ः सडक कि सत्ता ?’ सेसनमा बोल्दै उनले जनताको पक्षमा राम्रो काम गर्दागर्दै आफू नेतृत्वको सरकारलाई कांग्रेस–एमालेले गलत तरिकाले हटाएको आरोप लगाए । सत्ता समीकरणमा समेत गलत भाष्य बनाइएकोमा प्रचण्डले गुनासो पोखे ।
‘कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर माओवादीले सत्ताको नेतृत्व गरिराखेको छ भन्ने भाष्य बनाइएको छ, त्यो सत्य होइन । कहिले कांग्रेस माओवादीसँग मिल्न पर्यो भनेर मिल्न आएको हो । कहिले एमाले मिल्न आयो यो नै सत्य हो’, उनले भने, ‘माओवादी कांग्रेस, एमाले खोज्दै गएको हो कि उनीहरु माओवादी खोज्दै आएको हो । पहिलो कुरा यो विचार गर्नुपर्यो । उनीहरुले जेजे भने त्यही नमान्दा सरकारबाट हटाए । कस्तो नबुझेको तयाईँले ? जेजे भनेको त्यही मानिरहेको भए । अहिलेसम्म म प्रधानमन्त्री नै भइराख्थ्यँे ।’
त्यस्तो परिस्थितिमा पनि सरकारले १८ महिने कार्यकालमा सुशासन, सामाजिक न्याय र आर्थिक सुधारको पक्षमा रेकर्ड बनाएको उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
-
विस्कन्सिनमा आँधीका कारण डुङ्गा डुब्दा ३ जना बालबालिकाको मृत्यु
-
स्वास्थ्य मन्त्रीले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण