अदालतको अवहेलना मुद्दा दर्ता हुँदा पनि रोकिएन रास्वपाको प्रदर्शन
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको रिट दर्ता हुँदा पनि रास्वपाले प्रदर्शन जारी राखेको छ । पूर्वगृहमन्त्री तथा पार्टी सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा अवहेलनाको रिट दर्ता हुँदा पनि रास्वपाले प्रदर्शन रोकेको छैन ।

अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी मुद्दा सर्वोच्चमा दर्ता गराएका छन् । यो मुद्दामा मङ्सिर ३ गतेको लागि पेसी तोकिएको छ ।

अवहेलना निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, कार्यवाहक प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोबिता गौतमलगायतलाई विपक्षी बनाइएको छ। अदालतमा अवहेलनाको रिट दर्ता हुँदा पनि रास्वपाले बिहीबार रुपन्देहीमा प्रदर्शन जारी राखेको छ । रविलाई रुपन्देही ल्याएपछि बुधबार र मंगलबार भैरहवामा प्रदर्शन गरेको रास्वपाले बिहीबार बुटवलबाट मोटरसाइकल र्याली निकालेर प्रदर्शन गरेको हो ।

बुटवलको सुप्रिम सहकारीको बचत ठगी गरेको आरोपमा रविलाई मंगलबार कास्कीबाट रुपन्देही ल्याएदेखि रास्वपाले प्रदर्शन गरिरहेको छ । सरकारी वकिलको कार्यालयमा रविको बयानका पनि चलिरहेको छ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण