सहकारी ठगी प्रकरण
बयानको लागि रविलाई जिल्ला सरकारी वकिलको कार्यालय ल्याइयाे
बिहीबार, २९ कात्तिक २०८१, १० : ३४

बुटवल । पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज तेस्रो दिनको बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही ल्याइको छ ।
जिल्ला प्रहरी कार्यालयबाट बयानका लागि वकिलको कार्यालयमा ल्याएको हो । बुटवलस्थित सुपिम सहकारी ठगी प्रकरणमा बयानका लागि लामिछानेलाई कास्कीबाट मंगलबार रुपन्देही ल्याएको थियाे ।
यसअघि मंगलबार र बुधबार उनीसँग बयान लिइएको थियो । आज बयान सक्ने योजना रहेको प्रहरीले जनाएको छ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। सोही आधारमा अनुसन्धान अघि बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएपछि छायो खुसियाली
-
बागमती सफाइ महाअभियान १३ औँ वर्ष प्रवेश
-
मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प
-
चलचित्र ‘जनै हराएको बाहुन’ भदौ ६ गते प्रदर्शन हुने
-
१० बजे १० समाचार : गभर्नरको विषय गठबन्धनलाई नै भारी पर्दै, सिंहदरबारमा बालेन शाहको खोजी
-
एनआरएनएसम्बन्धी परमादेश कार्यान्वयन भएको भन्दै सर्वोच्चलाई परराष्ट्रको पत्र