सोमबार, २४ मङ्सिर २०८१
ताजा लोकप्रिय

जोखिमपूर्ण श्रमबाट एक जना बालक र असुरक्षित बाल गृहबाट ११ जना बालबालिकाको उद्धार

बिहीबार, २९ कात्तिक २०८१, १८ : ०६
बिहीबार, २९ कात्तिक २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जोखिमपूर्ण श्रमबाट एक जना बालक र असुरक्षित बाल गृहबाट ११ जना बालबालिकाको उद्धार गरेको छ ।  

पहिलो चरणमा उद्धार गरिएका बालबालिकाहरूको घटना व्यवस्थापन गरेको महानगरपालिकाले जनाएको छ । यस्तै दोस्रो चरणको बाल उद्धार कार्यक्रममा महानगरपालिकाको हटलाइन नम्बर ११८० मा प्राप्त भएका सूचनाका आधारमा काम थालेको जनाएको छ । 

पहिलो चरणमा २४ जना बालक र २७ जना बालिका गरी ५१ जना बालबालिकाको उद्धार भएको महानगरको भनाइ छ । उद्धार गरिएकामध्ये परिवारमा फर्काउन सम्भव भएकालाई परिवारमा पुनर्स्थापना गरिएको छ भने परिवारमा फर्काउँदा सर्वोत्तम हित नहुने देखिएका बालबालिकालाई शिक्षा, स्वास्थ्य उपचारसहित दीर्घकालीन स्याहारको समेत प्रबन्ध गरिएको महानगरले जनाएको छ । उद्धार गरिएका ५१ जनामध्ये २४ जना बालबालिकालाई परिवारमा पुनर्स्थापना गरिएको बाल कल्याण अधिकारी पहाडीको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप