कात्तिक नाच : रातभर 'नृसिंह अवतार–हिरण्यकश्यपु वध' मञ्चन (तस्बिरहरू)
ललितपुर । पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा कात्तिक नाचअन्तर्गत बिहीबार रातिदेखि शुक्रवार बिहानसम्म नृसिंह अवतार–हिरण्यकश्यपु वध मञ्चन गरिएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृत्य प्रदर्शन गरिएको हो ।
भगवान् विष्णु अनि दैत्यराज हिरण्यकश्यपु तथा भक्त प्रह्लादको कथामा आधारित नृत्य प्रदर्शन गरिएको थियो । विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाचको सुरुआत गरेको बताइन्छ । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हटी शान्ति र सुव्यवस्था कायम रहने विश्वास छ ।
कात्तिक महिनाभर विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म सो नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यसको विशेषता मानिन्छ ।
_9gWYfJ4Rq5.jpg)
_N44bUCyebm.jpg)
_gFq8zdwz3X.jpg)
_FpUc6N2wCu.jpg)
_ua6576JQRt.jpg)
_wfyme9PVa4.jpg)
_pk2dqJykJ0.jpg)
_wo8XCiaBfe.jpg)
_LxPzV0I94g.jpg)
_rHabiSUX1D.jpg)
_9IyeJWnkyS.jpg)
_Iy61SMlstj.jpg)
_cW3Ofvl1Yg.jpg)
_diVSxExPMf.jpg)
_aOUflbMmih.jpg)
_EFbiiSS7M5.jpg)
_vq0jnOjQGk.jpg)
_kj4ZrlAogi.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण