गोलको कीर्तिमान थप्दै हालान्ड
काठमाडौँ । अर्लिङ हालान्डले नर्वेका लागि गोल वर्षा जारी राख्दा टोलीले स्लोभेनियामाथि सहज जित हात पारेको छ । बिहीबार राति भएको यूईएफए नेसन्स लिगको खेलमा नर्वे ४–१ गोलअन्तरले विजयी बनेको हो ।
युवा खेलाडी एन्टोनियो नुसाले खेलको चौथो मिनेटमा नर्वेलाई अग्रता दिलाएका थिए । तर, २१ औँ मिनेटमा स्लोभेनियाले पेनाल्टी पायो । बेन्जामिन सेस्कोले त्यसको सदुपयोग गर्दै खेल बराबरी गरे ।
पहिलो हाफको अन्त्यतिर कप्तान हालान्डले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए । टोलीका लागि उनको यो कीर्तिमानी ३५ औँ गोल थियो । गत महिना उनले योगर्न युभेको ९० वर्ष पुरानो ३३ गोलको रेकर्ड तोड्दै नर्वेका लागि सर्वाधिक गोलकर्ता बनेका थिए ।
दोस्रो हाफमा नुसाले उत्कृष्ट गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । खेलको अन्त्यतिर हालान्डको पासमा जेन्स पिटर हगले चौथो गोल गरे ।
समूह बी३ मा रहेको नर्वेको ५ खेलबाट १० अङ्क छ । टोली समूहको दोस्रो स्थानमा छ । समान अङ्क बोकेको अस्ट्रिया गोल अन्तरको आधारमा अघि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण