समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको छ : अध्यक्ष दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले आफूहरूले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने आफैँभित्र पनि कोही भए उनीहरूलाई सफल हुन दिन नहुने बताए । उनले संविधानको मर्म र भावना विपरीत संसद् विघटन गरेर देशलाई फेरि एउटा भुमरीतर्फ लैजाने प्रयासका विरुद्ध पुनः एकीकृत हुनुपर्ने आवश्यकता औँल्याए ।
प्रचण्डले विगतको जस्तै संविधान मिच्ने, संसद्लाई विघटन गर्ने कसरत हुन दिनु नहुने बताए । देशलाई फेरि एक पटक प्रतिगमनतिर लैजाने कसरत सफल हुन नपाओस् भन्नेकुरामा सतर्क हुनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे ।
उनले भने, ‘समाजमा अलि बढी अराजकतातिर, निरंकुशतातिर फर्काउने कसरतहरु कतै न कतै पछाडितिर फर्काउने कसरत देखिएका छन् । हाम्रो अगाडि मैले जहिले पनि आज, भोलि भन्ने गरेको कुरा के छ भने हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने हामी भित्रै कसैको मनसाय छ भने त्यसलाई पनि सफल हुन नदिनुपर्ने आवश्यकता छ ।’
प्रचण्डले संविधान आवश्यक मात्रामा संशोधन गर्नुपर्ने तर संविधानका पक्षधरहरू गम्भीर हुन जरुरी रहेको बताए । आफूले केही नराम्रा काम गरेको स्वीकार गरेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
-
विस्कन्सिनमा आँधीका कारण डुङ्गा डुब्दा ३ जना बालबालिकाको मृत्यु
-
स्वास्थ्य मन्त्रीले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण