मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा पर्न सकेन : अध्यक्ष अग्रवाल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा अहिलेसम्म पर्न नसकेको गुनासो गरेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको २८ औँ वार्षिकात्सव कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार र अर्थमन्त्रीप्रति निजी क्षेत्रको ठुलो आशा भएपनि आशा गरे जस्तो काम हुन नसकेको गुनासो गरेका हुन् ।
अध्यक्ष अग्रवालले सरकारले शिथिल र मन्दीबाट माथि उठाउने धेरै प्रतिबद्धता आएपनि अर्थतन्त्रलाई सुधार गर्नेको लागि प्राथमिकतामा पर्न नसकेको बताए । उनले विगतमा लगाएका नियन्त्रणमुखी नीतिहरू अहिले पनि सरकारले परिवर्तन गर्न नसकेको बताए । उनले अर्थतन्त्रमा देखिएका अप्ठ्याराहरू सरकारको नीतिगत कारणले देखिएको दाबी गरे । उनले मुलुकका आर्थिक स्रोतलाई सही रूपमा चलाउन सक्यो भने दक्षिण एसियाकै उच्च आम्दानी गर्ने मुलुक बन्ने सम्भावना रहेको बताए ।
अध्यक्ष अग्रवालले केही समय अघि उच्च रूपमा बैंकको ब्याजदर वृद्धि हुँदा व्यवसायीहरूले ऋण तिर्न नसक्दा धेरै उद्योगी व्यवसायीहरू बैंकको कालोसूचीमा परेको बताए । उनले नेपालमा पछिल्लो ३० वर्षमा १ लाख १० हजार र पछिल्लो दुई वर्षमा ७५ हजार बढी कालो सूचिमा परेको बताए । उनले निजी क्षेत्रको मनोबल कमजोर हुँदा पनि अर्थतन्त्रमा शिथिलता आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण