युभेन्टस र पोग्बाबिच करार रद्द गर्ने सम्झौता
टुरिन । करार रद्द गर्ने सम्झौतासँगै पाउल पोग्बाले ३० नोभेम्बरपछि इटालियन क्लब युभेन्टस छाड्ने भएका छन् ।
गत फेब्रुअरीमा ३१ वर्षीय खेलाडीलाई डोपिङको आरोपमा ४ वर्ष प्रतिबन्ध लगाइएको थियो । तर, अक्टोबरमा उनको सजाय १८ महिनामा घटाइएको थियो, जुन सेप्टेम्बर २०२३ देखि सुरु भएको हो ।
पोग्बा निकट स्रोतलाई उद्धृत गर्दै उनले जनवरीबाट प्रशिक्षण सुरु गर्ने तथा मार्चबाट खेल्नका लागि योग्य हुने बीबीसी स्पोर्टले जानकारी दिएको छ । फ्रान्सका मिडफिल्डर जनवरीमा नयाँ क्लबसँग आबद्ध हुन खुला रहेका छन् ।
प्रतिबन्धअघि पोग्बाले युभेन्टसमा वार्षिक ६९ लाख पाउन्ड कमाउँथे । उनको करार सन् २०२६ सम्म रहेको थियो ।
पोग्बाले पछिल्ला वर्षहरूमा नियमित रूपमा फुटबल खेल्न सकिरहेका छैनन् । उनले सन् २०२२–२३ सिजनमा मात्र ५ खेलमा १ सय ६२ मिनेट खेलेका थिए । गत सिजन प्रतिबन्धमा पर्नअघि उनले ५१ मिनेट मात्र खेल्न पाएका थिए ।
पोग्बाले म्यानचेस्टर युनाइटेडमा आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि उनी युभेन्टस पुगेका थिए जहाँ उनले पहिलो चार सिजनमा लगातार लिग उपाधि हात पारे ।
त्यसपछि सन् २०१६ मा उनी विश्व कीर्तिमानी ८.९ करोड पाउन्डमा युनाइटेड फर्किएका थिए । पहिलो सिजनमा उनले युरोपा लिग र एफए कप जित्न सफल भए ।
उनले फ्रान्सका लागि ९१ खेल खेलेका छन् । उनले फाइनलमा गोल गर्दै टोलीलाई सन् २०१८ को विश्वकप उपाधि पनि दिलाएका थिए ।
चोट र फर्मका कारण युनाइटेडमा उनको अन्तिम तीन सिजन सुखद रहेन त्यसपछि उनी फ्रि–एजेन्टका रूपमा युभे फर्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण