संविधानलाई समाजको गतिसँगै अघि बढाउन संशोधन गर्ने हो : उपप्रधानमन्त्री पौडेल
शनिबार, ०१ मङ्सिर २०८१, १८ : २८

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानलाई समाजको गतिसँगै अघि बढाउन संशोधन गरिने बताएका छन् । थारु कल्याणकारिणी सभाको २३ औँ महाधिवेशनको शनिबार रुपन्देहीको भैरहवामा उ्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
अर्थमन्त्री पौडेलले अहिले संविधानको आधारमा मुलुकलाई अगाडि बढाउनुपर्छ भन्नेहरूको सरकार भएकाले संविधानलाई समाजको गतिसँगै अघि बढाउन संशोधन गरिने बताए । थारु समुदाय माथि भइरहेका विभेद र असमानता सम्पूर्ण रुपमा समाप्त गर्नका लागि नीति र निर्णयका माध्यमबाट अगुवाई गर्ने उहाले बताए ।
थारु समुदायमाथि कुनै प्रकारको विभेद नहुने उनले बताए । थारु कल्याणकारी सभाको राष्ट्रिय महाधिवेशन मंसिर ३ गतेसम्म चल्ने थारु कल्याणकारिणी सभाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स