सडक दुर्घटना नरोकिएपछि गृहले बोलायो सर्वपक्षीय बैठक
आइतबार, ०२ मङ्सिर २०८१, १३ : ०५
काठमाडौँ । एकपछि अर्को सडक दुर्घटना हुन थालेपछि गृह मन्त्रालयले सरोकारवाला पक्षलाईलाई छलफलका लागि बोलाएको छ ।
प्रतिकुल मौसम नभएको र सडकको अवस्था सामान्य हुँदा पनि एकपछि अर्को दुर्घटना भएपछि न्यूनीकरणका लागि चाल्नुपर्ने उपायका सम्बन्धमा छलफल गर्न आइतबार अपराह्न बैठक बोलाइएको गृह मन्त्रालयले जनाएको छ ।
आजको छलफलमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी र मजदुर समेतलाई बोलाइएको छ ।
अहिले यातायात व्यवसायीहरूले लामो तथा मध्यम दूरीका रुटहरूमा टिकटबिना यात्रा गर्नै नपाउने व्यवस्था गर्न माग गर्दै आएका छन् ।
पहाडी क्षेत्रमा बोलेरो लगायत ढुवानीका साधनमा यात्रु ओसार्ने प्रवृत्ति तथा क्षमताभन्दा धेरै यात्रु र सामान राख्दा समस्या भइरहेको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण