हेटौंडा–१२ मा माओवादी केन्द्रले गरायो उम्मेदवारी दर्ता
आइतबार, ०२ मङ्सिर २०८१, १६ : १४
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पदका लागि मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । माओवादी केन्द्रका तर्फबाट रवि कुमार प्रधानले मनोनयन दर्ता गरेका हुन् ।
माधव प्रसाद घिमिरेको प्रस्ताव र चन्द्रबहादुर घलानको समर्थनमा प्रधानले उम्मेदवारी दिएका हुन् । प्रधान पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
माओवादी केन्द्रले हेटौंडा–१२ लाई आफ्नो किल्लाको रूपमा परिभाषित गर्ने गरेको छ । २०७४ र २०७९ को निर्वाचनमा हेटौंडा–१२ को वडा अध्यक्ष पदमा माओवादीका ललित बहादुर घलान निर्वाचित भएका थिए । दुवै निर्वाचनमा घलानले कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गरेका थिए । गत २०७९ को निर्वाचनमा माओवादीका उम्मेदवार घलानले १ हजार ३७१ मतसहित जित निकालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाभित्र खटपट र मन्त्री फेर्ने ‘हाउगुजी’का बिच ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक !
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण