राष्ट्र बैंक प्रतिवेदन
बैंकहरूको सम्पत्ति बढ्यो, लघुवित्तको घट्यो
आइतबार, ०२ मङ्सिर २०८१, १७ : २१
काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको सम्पत्ति बढेको र लघुवित्त कम्पनीहरूको घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार अर्थ मन्त्रालयलाई बुझाएको प्रतिवेदनअनुसरा गत आवमा ‘क’ वर्गका बैंकहरूको कुल सम्पत्ति र दायित्व १२.९ प्रतिशतले वृद्धि भई ७२ खर्ब २७ अर्ब ६० करोड पुगेको छ ।
गत आवमा विकास बैंकहरूको सम्पत्ति ७.९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको भनाइ छ । गत आवमा विकास बैंकहरूको कुल सम्पत्ति ७ खर्ब १७ अर्ब पुगेको छ ।
यसैगरी वित्त कम्पनीहरूको सम्पत्ति ११.२ प्रतिशतले वृद्धि भई १ खर्ब ६९ अर्ब ७२ करोड पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । तर लघुवित्तहरूको कुल सम्पत्ति र दायित्व १.३ प्रतिशतले घटेको छ । गत आवमा लघुवित्तहरूको सम्पत्ति तथा दायित्व ५ खर्ब ५३ अर्ब ७३ करोड कायम भएको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण