लाहोरलाई उछिन्दै दिल्ली बन्यो विश्वकै प्रदूषित सहर
काठमाडौँ । भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ । पाकिस्तानको लाहोरलाई समेत उछिन्दै दिल्लीले शीर्ष स्थान कब्जा गरेको हो ।
आईक्यू एयरका अनुसार सोमबार बिहान दिल्लीको वायुको गुणस्तर ९३१ एक्यूआई रहेको छ । यो अवस्थालाई निकै खतरनाक मानिन्छ । दोस्रो स्थानमा रहेको लाहोरको एक्यूआई ४१४ छ ।
तेस्रो स्थानमा बंगलादेशको ढाका सहर रहेको छ । त्यहाँ एक्यूआई २४२ मापन गरिएको छ । यसलाई पनि स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ । चौथो स्थानमा इराकको राजधानी बगदाद र पाँचौँ स्थानमा भियतनामको हानोई सहर छ ।
त्यसपछि शीर्ष १० मा क्रमशः भारतको कोलकाता, उज्बेकिस्तानको तास्केन्ट, बोस्निया हर्जगोभिनाको साराजेभो, पाकिस्तानको कराँची र भारतकै मुम्बई सहर रहेका छन् ।
राजधानी काठमाडौँ भने यो सूचीमा १७ औँ स्थानमा छ । सोमबार बिहान यहाँको एक्यूआई १ सय २७ मापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण