लाहोरलाई उछिन्दै दिल्ली बन्यो विश्वकै प्रदूषित सहर

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ । पाकिस्तानको लाहोरलाई समेत उछिन्दै दिल्लीले शीर्ष स्थान कब्जा गरेको हो ।
आईक्यू एयरका अनुसार सोमबार बिहान दिल्लीको वायुको गुणस्तर ९३१ एक्यूआई रहेको छ । यो अवस्थालाई निकै खतरनाक मानिन्छ । दोस्रो स्थानमा रहेको लाहोरको एक्यूआई ४१४ छ ।
तेस्रो स्थानमा बंगलादेशको ढाका सहर रहेको छ । त्यहाँ एक्यूआई २४२ मापन गरिएको छ । यसलाई पनि स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ । चौथो स्थानमा इराकको राजधानी बगदाद र पाँचौँ स्थानमा भियतनामको हानोई सहर छ ।
त्यसपछि शीर्ष १० मा क्रमशः भारतको कोलकाता, उज्बेकिस्तानको तास्केन्ट, बोस्निया हर्जगोभिनाको साराजेभो, पाकिस्तानको कराँची र भारतकै मुम्बई सहर रहेका छन् ।
राजधानी काठमाडौँ भने यो सूचीमा १७ औँ स्थानमा छ । सोमबार बिहान यहाँको एक्यूआई १ सय २७ मापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड
-
मनसुन प्रणाली देशभर फैलियो
-
तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले गरे मिथेन ग्यासको चर्चा
-
विप्लवले भेटे झलनाथ खनाल
-
ग्वार्को ओभरपास उद्घाटनमा तामझाम, सर्वसाधारणलाई जामैजाम (तस्बिरहरू)
-
ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– बहुआयामिक र चौतर्फी विकास गर्दैछौँ