‘घटनामा मेरो कुनै संलग्नता नै छैन’
काठमाडौँ । बेलायत निवासी लक्ष्मी राईले लाजिम्पाट घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएकी छन् । रातोपाटीमा प्रकाशित ‘लाजिम्पाटमा घरजग्गा व्यवसायीलाई आक्रमण गर्नेहरूको पहिचान खुल्यो’ शीर्षकको समाचारमा उल्लेखित केही विषयमा असहमति राख्दै उनले इमेलमार्फत पठाएको खण्डनमा घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएकी हुन् ।
‘म यो घटनामा संलग्न छैन । प्रहरीले घटनाको अनुसन्धान गर्दा सबै विषय, गाम्भीर्यता र सम्भावित व्यक्तिमाथि निगरानी राखेर अनुसन्धान गर्ने दायित्व हो’, उनले भनेकी छन्, ‘प्रहरीले अनुसन्धान गर्दा पीडित भनिएका व्यक्तिमाथि पनि अनुसन्धान गरेकै हुनुपर्छ । प्रहरीको अनुसन्धानमा सहयोग गर्नु सबैको दायित्व हो ।’
१२ वर्ष अगाडि आफ्नो जीवनमा भएको घटनालाई अहिले आएर जोड्नु जायज नभएको उनको भनाइ छ ।
काठमाडौँको लाजिम्पाटस्थित पानीपोखरीमा कार्तिक ११ मा घरजग्गा व्यवसायी ३५ वर्षीय विक्रम लामामाथि आक्रमण भएको थियो । सो घटनामा हालसम्म दुई जना पक्राउ परेका छन् भने घाइतेले भने पूर्व भाउजू पर्ने राईले टिम परिचालन गरेर आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण