जनकपुर बोल्ट्सको जर्सी सार्वजनिक, पूजा महतो ‘फेस अफ बोल्ट्स’
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्लबमध्येको एक जनकपुर बोल्ट्सले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।
मधेश प्रदेश खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका खेलाडी आशिफ शेखले संयुक्त रुपमा जनकपुरमा जर्सी सार्वजनिक गरेका हुन् । जर्सी सार्वजनिक गर्दै मन्त्री जयसवालले मधेश प्रदेशको माटोले थुप्रै अन्तर्राष्ट्रिय खेलाडी देशलाई दिएको उल्लेख गर्दै एनपीएलमा जनकपुर बोल्टसले सफलता हात पार्ने विश्वास ब्यक्त गरे ।
जनकपुर बोल्टस्का महाप्रबन्धक निरोज खतिवडालले जनकपुरक बोल्ट्सको जर्सीमा मधेश प्रदेशका आठवटै जिल्लाको भावना र उमंग समेटिएको जानकारी दिए । उनले जनकपुर बोल्ट्सको जर्सी एकताको प्रतिक भएको पनि बताए ।
जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्ट्सले यू–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई फेस अफ बोल्ट्स पनि घोषणा गरेको छ । जनकपुरमा आयोजित जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्ट्सले कप्तान महतोलाई ५० हजार रुपैयाँसहित सम्मान पनि गरेको छ ।
पूजाकै कप्तानीमा नेपाली टोली आगामी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको हो । हालै यूएईमा सम्पन्न एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपाल पहिलो भएको थियो । आगामी यू–१९ विश्वकप सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026