ललितपुरका मुख्य चोकमा कोरिएको पहेँलो धर्का के हो ? (फोटो फिचर)
ललितपुर । ललितपुर महानगरपालिकाका सडकमा अहिले पहेँलो धर्का कोरिएको छ । मुख्य सडकको चोकमा अहिले धर्कैधर्काजस्तो देखिने गरी रङ पनि पोतिएको छ ।
कुपण्डोलदेखि जाउलाखेल हुँदै सातदोबाटोसम्मका सडकका चोकमा यस्तो रङ पोतिएको हो l ललितपुर महानगरपालिकाका सूचना अधिकारी देवप्रसाद गुरागाईंका अनुसार ट्राफिक लाइट जडान गर्ने कार्यक्रम अन्तर्गत उक्त लेनको व्यवस्थापनको काम गरिएको हो ।
‘सडकमा ट्राफिक लाइट राख्ने महानगरपालिकाको कार्यक्रम थियो, यही अन्तर्गत ट्राफिक लाइट भएका चोकमा पहेँलो लाइन व्यवस्थापनको कामसमेत गरिएको हो,’ उनले भने । यद्यपि यसको अर्थ नबुझ्दा सर्वसाधारणले भने अन्योल र आश्चर्यमा पर्ने गरेका छन् ।
पूर्वाधारविद् आशिष गजुरेलले यस्तो धर्कोको प्रयोग विकसित मुलुकहरूले गर्ने गरेका छन् । ललितपुर महानगरपालिकाले सोही तरिका प्रयोगमा ल्याउन लागेको हो । यो धर्कोभित्र कुनै पनि सवारीसाधन रोक्न नपाइने र पैदल यात्रु समेत प्रवेश गर्न नपाउने सङ्केत गर्ने उनको भनाइ छ । साथै पहेँलो धर्कोले कोरेको लेनलाई फलो गरेरै सवारी पाससमेत हुनुपर्छ ।
‘यदि अगाडी जाम छ र कुनैपनि सवारी साधनले पहेँलो धर्को भएको अन्तिम विन्दुलाई पार गर्नसक्ने अवस्था छैन भने सुरुकै विन्दुमा रोक्नुपर्छ, बीचमा गएर रोक्न पाइँदैन,’ गजुरेल भन्छन्, ‘यसो गर्दा चोकमै सवारी पासमा समस्या भएर जाम हुने सम्भावना हुँदैन ।’
ललितपुर् महानगरपालिकाको यो प्रयास राम्रो भए पनि यसको प्रयोगबारे जनतालाई बुझाउन सचेतनाको आवश्यकता भएको उनको भनाइ छ ।
_ur19KbmFYX.jpg)
_VWr4lqAAZh.jpg)
_ziZLDLmLUj.jpg)
_RX6kxexOoF.jpg)
_XAstIX8goN.jpg)
_5QnqsPstSW.jpg)
_tjy0MekQ5v.jpg)
_eQv5YOOPnq.jpg)
_DhNDPRtCl2.jpg)
_svMI5usQh8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण