वायु प्रदूषणका कारण दिल्लीमा सङ्कटकालको जस्तो अवस्था
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ । प्रदूषणसँगै कुहिरोको प्रभावले जनजीवन प्रभावित भएको छ । दिल्ली मात्र होइन एनसीआर पनि प्रदूषणको चपेटामा आएको छ ।
ग्याप–४ को नियम लागू भइसकेको छ । विद्यालयहरू बन्द भएका छन् । जनतालाई घरमै बस्न अपिल गरिएको छ । सबै प्रकारका रोकथामका उपाय अपनाइएको भएपनि प्रदूषण नियन्त्रण हुन सकेको छैन । कुहिरोका कारण भिजिबिलिटी कम छ ।
खतरनाक प्रदूषणले राजधानीमा स्वास्थ्य सङ्कटकाल लगाएको छ । जनता विषाक्त हावामा सास फेर्न बाध्य छन् । सोमबार एयर क्वालिटी इन्डेक्स(एक्यूआई) ४९४ रेकर्ड गरिएको थियो । मंगलबार यो बढेर ५०० माथि उक्लिएको छ । यो भनेको एकदमै गम्भीर श्रेणीमा पर्छ । यो यस सिजनको उच्च एक्यूआई थियो ।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)का अनुसार राष्ट्रिय राजधानीमा मंगलबार अधिकांश स्थानमा एक्यूआई गम्भीर श्रेणीमा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी ५ दिन बाक्लो कुहिरो रहने प्रक्षेपण गरेको छ । यस्तो अवस्थामा सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
पहिलो पटक अति गम्भीर बन्यो हावा
मौसमको अवस्था खराब हुँदा कुहिरोसँग मिसिएको प्रदूषणका कारण सोमबार पनि दिल्लीमा दिनभर धुवाँको पत्र बनेको थियो । वायु प्रदूषणका कारण रेल र हवाई सेवा प्रभावित बनेका थिए । मंगलबार पनि यस्तै स्थिति हुने आशङ्का गरिएको छ । सीपीसीबीले यो हप्ताभरि नै हावा अति गम्भीर भन्दा गम्भीर श्रेणीमा रहने भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण