वायु प्रदूषणका कारण दिल्लीमा सङ्कटकालको जस्तो अवस्था

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ । प्रदूषणसँगै कुहिरोको प्रभावले जनजीवन प्रभावित भएको छ । दिल्ली मात्र होइन एनसीआर पनि प्रदूषणको चपेटामा आएको छ ।
ग्याप–४ को नियम लागू भइसकेको छ । विद्यालयहरू बन्द भएका छन् । जनतालाई घरमै बस्न अपिल गरिएको छ । सबै प्रकारका रोकथामका उपाय अपनाइएको भएपनि प्रदूषण नियन्त्रण हुन सकेको छैन । कुहिरोका कारण भिजिबिलिटी कम छ ।
खतरनाक प्रदूषणले राजधानीमा स्वास्थ्य सङ्कटकाल लगाएको छ । जनता विषाक्त हावामा सास फेर्न बाध्य छन् । सोमबार एयर क्वालिटी इन्डेक्स(एक्यूआई) ४९४ रेकर्ड गरिएको थियो । मंगलबार यो बढेर ५०० माथि उक्लिएको छ । यो भनेको एकदमै गम्भीर श्रेणीमा पर्छ । यो यस सिजनको उच्च एक्यूआई थियो ।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)का अनुसार राष्ट्रिय राजधानीमा मंगलबार अधिकांश स्थानमा एक्यूआई गम्भीर श्रेणीमा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी ५ दिन बाक्लो कुहिरो रहने प्रक्षेपण गरेको छ । यस्तो अवस्थामा सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
पहिलो पटक अति गम्भीर बन्यो हावा
मौसमको अवस्था खराब हुँदा कुहिरोसँग मिसिएको प्रदूषणका कारण सोमबार पनि दिल्लीमा दिनभर धुवाँको पत्र बनेको थियो । वायु प्रदूषणका कारण रेल र हवाई सेवा प्रभावित बनेका थिए । मंगलबार पनि यस्तै स्थिति हुने आशङ्का गरिएको छ । सीपीसीबीले यो हप्ताभरि नै हावा अति गम्भीर भन्दा गम्भीर श्रेणीमा रहने भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु