ब्रेकअपका लागि अफर गरियो तीन लाख डलरः प्रेमिकाले भनिन्, ‘कम भो’
पुरुषहरु आफ्नी प्रेमिकालाई खुसी राख्नका लागि के मात्र गर्दैनन् । उनीहरुमाथि अत्यधिक पैसा खर्च गर्छन् । संसारभरीका मानिसबाट एकलाई रोज्नु, त्यो प्रेम नै हो । तर चीनमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँका एक प्रेमीले ब्रेकअपका लागि प्रेमिकालाई भारी रकम अफर गरे जुन उनलाई पर्याप्त लागेन ।
बीबीसीका अनुसार चीनका एक पुरुषले आफ्नी प्रेमिकालाई लगभग तीन लाख डलर ब्रेकअप फीको रुपमा अफर गरे तर महिलाले त्यसलाई ‘कम भयो’ भनी अस्विकार गरिन् । ती पुरुष पैसा दिन एउटा बारमा गएका थिए । पैसाले भरिएको ब्याग बारमा आएकी प्रेमिकालाई छोडेर उनी त्यहाँबाट बाहिरिए । महिलाले पनि उक्त ब्रेकअप फीलाई त्यही छोडेर गइन् । बार बन्द गर्ने समयमा उक्त पैसा बारका कर्मचारीले भेटेपछि यो घटनाको पर्दाफास भएको हो ।
त्यसपछि थाहा भयो कि प्रेमिकासँग अलग्गिनका लागि यति भारी रकम दिने यी पुरुष २३ वर्षका आइटी प्रोफेशनल हुन् । उनका अनुसार प्रेमिकाले उनलाई लगभग ७ लाख ८७ हजार डलर ब्रेकअप फी माग गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाविरुद्ध चेकियालाई छैटौँ मिनेटमै अग्रता
-
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
-
गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण