माओवादी केन्द्रले बनायो दुईवटा कार्यदल, विधानमाथि छलफल गर्न तीन दिनकाे समय
काठमाडौँ । नेकपा माओवादी केन्द्रले विधानलाई लिपिबद्ध गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ । मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विधानलाई लिपिबद्ध गर्न र पालिका सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेको हो ।
जसमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् । यता पालिका सम्मेलन गर्दा आउने प्रतिनिधिहरू पार्टी सदस्यको आधारमा कसरी आउने र निर्वाचन प्रक्रिया कस्तो बनाउने भन्ने विषयमा कार्यविधि बनाउन अर्को समिति बनेको सचिव चक्रपाणि खनालले रातोपाटीलाई बताए । अर्को कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे रहेको उनले जानकारी दिए ।
यसअघि कात्तिक २६ गते बसेको बैठकले विधानमा देखिएका अस्पष्टता हल गर्नका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूलाई तीन दिनको समय दिएका थिए ।
‘मुख्यतः विधान र उपनिर्वाचनको सम्बन्धमा छलफल भयो । गतवर्ष फागुनमा विधान अनुमोदन भएको थियो । हलमा पेस गर्दा जेजति टिप्पणी आए त्यसमा अध्यक्षले जवाफ दिनेबेला विधानमा हटाउने र राख्ने सम्बन्धमा प्रतिबद्धता जनाउनुभएको थियो । त्यही कुरालाई लिपिबद्ध गर्न कार्यदल गठन गरेको हो’, सचिव खनालले भने ।
कार्यदलको दिएको सुझावका आधारमा विधान अनुमोदन गरी निर्वाचन आयोगमा पठाउने निर्णय भएको उनले बताए । आयोगमा पठाउँदा तीन महले बनाएर पठाउनुपर्ने भएको हुनाले विधानमाथि थप छलफल भएको खनालको भनाइ छ । यद्यपि विधान अधिवेशनको हलले गरेको निर्णय तलमाथि नहुने उनले बताए । गत वर्ष फागुन १ देखि ३ गतेसम्म काठमाडौँमा माओवादीको प्रथम विधान अधिवेशन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण