अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा १४ जना पक्राउ
बुटवल । रुपन्देहीमा अनलाइन सट्टेबाजी (जुवा) मा संलग्न रहेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई सिद्धार्थनगर नगरपालिका–३ सगुनी पथस्थित अस्फाक आलमको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने सबै भारतीय नागरिक रहेको रुपन्देही प्रहरीले बताएको छ ।
गोप्य सूचनाको आधारमा अवैध रूपमा अनलाइन गेममार्फत (जुवा सट्टाबाजी) सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीन पौडेलले बताए ।
पक्राउ पर्नेमा साहिल सोडा, श्याम गुप्ता, रवि जैसवाल, अनुराग सिंह, नितेश वर्मा, दिपक जैसवाल, रजत कुमार, लक्की जैसवाल, सतेन्द्र कुमार, अवधेश कुमार, मोहित कुमार, प्रियान्सु जैसवाल, मनिष पासवान र शिवम सिंह रहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण