पुथा उत्तरगङ्गाको उपनिर्वाचनमा नेकपा एसले माओवादी केन्द्रलाई समर्थन गर्ने
रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी फिर्ता लिएको छ । यही मङ्सिर १६ गते पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र २ नम्बर वडाध्यक्षको पदमा उपनिर्वाचन हुँदैछ । जसमा नेकपा एसका उपाध्यक्ष पदमा सुनिता बुढामगरले उम्मेदवारी दिएकी थिइन् । बुढामगरले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।
आज नेकपा माओवादी केन्द्र र नेकपा एसबिच सहमति गरी एसले आफ्नो उम्मेदवारी फिर्ता गरी माओवादी केन्द्रलाई समर्थन गरेको माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी बराल गौतमले बताइन् ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी बराल गौतम र नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज भीउमान घर्ती मगरबिच उपनिर्वाचनमा सहकार्य गर्ने र नेकपा एसले उम्मेदवार फिर्ता गर्ने सहितका ५ बुँदे सहमति भएको थियो ।
जसमा दुई पार्टीबिच उप–निर्वाचन प्रचारप्रसार अभियान संयुक्त रूपमा सञ्चालन गर्ने, जिल्लास्तरीय र ३ वटै स्थानीय तहमा पालिकास्तरीय राजनीतिक संयन्त्र गठन गरी विकास निर्माण लगायत अन्य काम सहमतिद्वारा गर्ने, राजनीतिक सहकार्यलाई दीर्घकालीनसम्म टिकाइराख्न वातावरण सिर्जना गर्ने र सहमतिको संयुक्त प्रेस विज्ञप्ति जारी गर्ने सहमति भएको थियो । सहमतिअनुसार दुई दलले संयुक्त प्रेस विज्ञप्ति समेत जारी गरेका छन् ।
२ नम्बर वडाध्यक्षमा कांग्रेस र एमालेका संयुक्त उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएसँगै माओवादी केन्द्रका जगत घर्तीमगर निर्विरोध निर्वाचित भएका छन् अब पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदको लागि चुनाव हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण