गौतम अडानीलाई आजै समात्नु पर्छः राहुल गान्धी
काठमाडौँ । अमेरिकाले भारतीय व्यापारी गौतम अडानीमाथि आरोप लगाएपछि कांग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले अडानीलाई पक्राउ गर्न माग गरेका छन् ।
नरेन्द्र मोदी अडानीको पछाडि उभिएर उनको रक्षा गरिरहेको पनि उनले भनेका छन् । अडानीले अमेरिका र भारत दुवैको कानुन तोडेको यो पूर्ण रूपमा स्पष्ट भएको पन उनले बताए ।
मुख्यमन्त्रीहरू समेत गिरफ्तार भइरहेको समयमा अदानी अझै पनि यो देशमा खुलेआम घुमेको देखेर आफू छक्क परेको पनि उनले बताए । अडानीमाथि कुनै छानबिन भई नरहेको र आफूहरूले मुद्दा निरन्तर उठाइरहने पनि उनले भनेका छन् ।
यसले मोदी अदानीसँग मिलेकोतर्फ इशारा गरिरहेको उनको भनाइ छ । मुख्यमन्त्रीलाई १० –१५ करोडको मामिलामा थुनिएको तर हजारौँ करोडको आरोप लागेका अदानी स्वतन्त्र घुमिरहेको पनि उनले बताए । मोदी अदानीको साथमा भएकोले उनी न त पक्राउ पर्ने न उनीमाथि कारबाही हुने ठोकुवा पनि राहुलले गरे ।
- के हो कुरो ?
बुधबार न्यूयोर्कका वकिलले गौतम अडानीविरुद्ध अमेरिकामा ठगी मुद्दा दायर गरेका थिए । उनीमाथि अमेरिकामा रहेको आफ्नो एउटा कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस दिएको र कुरा लुकाएको आरोप लागेको छ ।
अमेरिकी अभियोजनहरूको आरोप अनुसार, अडानी र उनको कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूले आफ्नो नवीकरणीय ऊर्जा कम्पनीको लागि ठेक्का प्राप्त गर्न भारतीय अधिकारीहरूलाई भुक्तान गर्न सहमत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण