गाजामा रातभर इजरायली हवाई आक्रमण, दर्जनौँको मृत्यु
गाजा । रातभर इजरायलले गरेको हवाई आक्रमणमा धेरै मानिसको मृत्यु भएको उत्तरी गाजाका अस्पतालका अधिकारीहरूले बताएका छन् । गाजामा काम गरिरहेका उद्धार टोलीहरूले इजरायलले बेत लाहिया र गाजा शहरका कम्तीमा पाँचवटा भवनमा बमबारी गरेको र त्यसपछि खोजी कार्य जारी रहेको बताएका छन् ।
हमाससँग सम्बद्ध मिडिया हाउसहरूले दर्जनौं मानिसको मृत्यु भइसकेको र धेरै मानिस अझै पनि भग्नावशेषमा दबिएको बताएका छन् । यसरी पुरिनेमा महिला र बालबालिका पनि भएको बताइएको छ । इजरायली सेनाको तर्फबाट अहिलेसम्म यसबारे कुनै वक्तव्य आएको छैन । तर, हालैका दिनहरूमा इजरायलले उत्तरी गाजामा आफ्नो आक्रमणलाई तीव्र पारेको छ ।
हमासलाई पुनः एकजुट हुनबाट रोक्न यी आक्रमणहरू गरिरहेको इजरायलको तर्क छ । यसअघि संयुक्त राष्ट्रसंघले पनि उत्तरी गाजाका धेरै भाग इजरायलको कब्जामा रहेको र विगत ४० दिनमा यहाँ मानवीय सहायता नपुगेको चेतावनी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण