गाजामा रातभर इजरायली हवाई आक्रमण, दर्जनौँको मृत्यु

गाजा । रातभर इजरायलले गरेको हवाई आक्रमणमा धेरै मानिसको मृत्यु भएको उत्तरी गाजाका अस्पतालका अधिकारीहरूले बताएका छन् । गाजामा काम गरिरहेका उद्धार टोलीहरूले इजरायलले बेत लाहिया र गाजा शहरका कम्तीमा पाँचवटा भवनमा बमबारी गरेको र त्यसपछि खोजी कार्य जारी रहेको बताएका छन् ।
हमाससँग सम्बद्ध मिडिया हाउसहरूले दर्जनौं मानिसको मृत्यु भइसकेको र धेरै मानिस अझै पनि भग्नावशेषमा दबिएको बताएका छन् । यसरी पुरिनेमा महिला र बालबालिका पनि भएको बताइएको छ । इजरायली सेनाको तर्फबाट अहिलेसम्म यसबारे कुनै वक्तव्य आएको छैन । तर, हालैका दिनहरूमा इजरायलले उत्तरी गाजामा आफ्नो आक्रमणलाई तीव्र पारेको छ ।
हमासलाई पुनः एकजुट हुनबाट रोक्न यी आक्रमणहरू गरिरहेको इजरायलको तर्क छ । यसअघि संयुक्त राष्ट्रसंघले पनि उत्तरी गाजाका धेरै भाग इजरायलको कब्जामा रहेको र विगत ४० दिनमा यहाँ मानवीय सहायता नपुगेको चेतावनी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ करोड ५० लाख जरिवाना मुद्दाका फरार व्यक्ति पक्राउ
-
पूर्वमन्त्री नेपालको निधनप्रति प्रचण्डद्धारा दु:ख व्यक्त
-
टायल्स उत्पादनमा नयाँ मापदण्ड ल्याउँदै सरकार, कसरी चिन्ने गुणस्तरीय उत्पादन ?
-
एनआरएनएको मुद्दा पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश, अब के हुन्छ ?
-
बैंकिङ कसुर मुद्दामा गीनलाइन मदिराका सञ्चालक पक्राउ
-
प्रदीप नेपालको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिने