नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गतेदेखि काठमाडौँमा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आगामी माघ ४ गतेदेखि नवौं महाधिवेशन गर्ने भएको छ ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।
पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले महाधिवेशनमा वैचारिकरुपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिकमा स्वाधीन संयुक्त सरकार, त्यसको सारमा राज्यप्रणाली, आर्थिक संरचनालगायतका विषयमा छलफल हुने जानकारी दिए । उनले दलाल संसदीय पुँजीवादी व्यवस्थाकै कारण जनतामाथि वित्तिय शोषण, जनताको सम्पत्तिको दोहन, मिटर ब्याजविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बैठकले निर्णय गरेको समेत बास्तोलाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
अर्को प्रसंगमा महासचिव बास्तोलाले अहिलेको व्यवस्था संकटमा परेको बताउँदै समाधानको लागि स्वाधिन संयुक्त सरकार विकल्प भएको बताए । उनले अहिले देश पराधिन अवस्थामा पुगेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण