नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकटमा ५ हजार छुट
बिहीबार, ०६ मङ्सिर २०८१, १६ : ३२
काठमाडौँ । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकटमा ५ हजारसम्म छुटको घोषणा गरेको छ ।
एयरलाइन्सले दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा ५ हजार छुट दिने बताएको छ । त्यस्तै दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि २५ सयसम्म छुट दिइने कम्पनीले जनाएको छ ।
उक्त छुट जहाजको सिटअनुसार पहिले आउनेलाई प्राथमिकताको आधारमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
छुट पाउनको लागि यात्रु स्वयं परिचयपत्रसहित उपस्थित हुनुपर्ने नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण