राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे स्वदेश फिर्ता
काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको १० दिने औपचारिक भ्रमण सम्पन्न गरेर आज (बिहीबार) साँझ स्वदेश फर्किएकी छन् । जनवादी गणतन्त्र चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा भएको दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिएर उपाध्यक्ष घिमिरे स्वदेश फकिएकी हुन् ।
चीन भ्रमणका क्रममा राष्ट्रियसभाका उपाध्यक्ष घिमिरेले जनवादी गणतन्त्र चीनको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष बातरसँग बेइजिङमा भेटवार्ता गरेकी थिइन् । भेटवार्ताका क्रममा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति चीनको निःशर्त सम्मानको नेपालले कदर गर्ने बताउँदै ‘नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको तथा चीनको हित विरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्याएकी थिइन् । उनले कार्तिक २८ देखि ३० गते सम्म भएको दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा सम्बोधन गरेकी थिइन् ।
उपाध्यक्ष घिमिरेले भ्रमणका क्रममा जियाङ्सु, बेइजिङ र हुबेई प्रान्तको भ्रमण पनि गरेकी थिइन् । उपाध्यक्ष घिमिरे कार्तिक २७ गते चीन प्रस्थान गरेकी थिइन् । उपाध्यक्ष घिमिरेसँगै उनका श्रीमान् दुर्गाप्रसाद आचार्य र स्वकीय सचिव प्रेमबहादुर सिंह पनि भ्रमणमा सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण